धन्य नारी (नारी दिवस विशेष)

तिमी शारदा ज्ञानकी श्रोत नारी,
तिमी लक्ष्मी सम्पन्नताकी भकारी ।
त्यसै हैन डाली फलेरै नुहुन्छन्,
सदा नारीमा देवकै बास हुन्छन् ।।

कतै दिक्क आलस्य झर्को नमान्ने,
गुनासो नगर्ने दिनै मात्र जान्ने ।
मुमा सिर्जनाकी दयाकी भकारी,
सबै श्रोतकी मूल दाता यि नारी ।।

मुमा भै सबै कष्ट झेलेर छोप्यौ,
यता पत्नी भै प्यारको बीज रोप्यौ ।
सुपुत्री बनी माथ अग्लो बनायौ,
सदा नारी भै यो धरा नै उठायौ ।।

बिना नारी यो धर्ति नै शुन्य हुन्छन्,
ति ब्रम्हा सदैँ दिक्क मानेर रून्छन् ।
मुमा पत्नी छोरी सबै रूपलाई,
छ सम्मान लाखौं र कोटी बधाइ ।।

(धन्यवाद)